काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले १२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो साउन ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुलिखेलस्थित मिराबल रिसोर्ट होटेलमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
सोही सभाले सर्वसाधारणका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।
सभा प्रयोजनका लागि बैंकले यही असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको सभामा भाग लिन पाउनेछन्।
बैंकले गत आर्थिक वर्षका लागि कुनै किसिमको लाभांश प्रस्ताव गरेको छैन।
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago