काठमाण्डौ । सिन्धुुपाल्चोकमा मुख्य कार्यालय रहेको सिन्धुु विकास बैंकले विभिन्न ४ पदमा ५६ कर्मचारी मागेको छ । 

यो बैंकले विभिन्न विभागका प्रमुखदेखि लिएर असिस्टेन्ट र जुनियर असिस्टेन्टसम्मको पदका लागि जनशक्ति मागेको हो । 

बैंकले दक्ष कर्मचारीदेखि फ्रेस जनशक्तिका लागि समेत राम्रो जागिरको अवसर खुलाएको हो । 

बैंकले विभिन्न १३ डिपार्टमेन्टका प्रमुखको रुपमा १३ कर्मचारी मागेको छ । यस्तै, १० जना ब्राञ्च म्यानेजर र १३ वटा डिपार्टमेन्टका लागि सुपरभाइजर तथा सिनियर असिस्टेन्ट पदमा एक एक कर्मचारी मागेको छ । 

सबैभन्दा बढी असिस्टेन्ट र जुनियर असिस्टेन्ट पदमा २० कर्मचारी मागिएको छ । यो पदमा न्यूनतम दशजोड दुुई उत्तीर्ण १८ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिले आवेदन दिनसक्नेछन् । यो पद इन्ट्री लेभलको पद भएकोले बैकिङ करिअर सुरु गर्न चाहनेका लागि सिन्धुको यो अवसर टर्निङ प्वाइन्ट हुनसक्छ । 

सिन्धुु विकास बैंकले कर्मचारी माग्दै प्रकाशन गरेको आवश्यकता सम्बन्धी सूचना यस्तो छः