काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल चाटर्ड अकाउन्टेन्ट्स संघ (एक्यान)बीच आर्थिक एवं वित्तीय क्षेत्रका विविध विषयहरुमा अध्ययन तथा अनुसन्धान गर्ने र सोका आधारमा अर्थतन्त्र एवं बैंक तथा वित्तीय क्षेत्रको सुधार एवं दिशाबोध गर्नका लागि नीतिगत बहस तथा पैरवी गर्ने विषयमा आज (भदौ १० गते) सम्झौता सम्पन्न भएको छ।
सम्झौतामा दुवै संस्थाले पारस्परिक सहकार्यमा अध्ययन तथा अनुसन्धान गर्ने, आर्थिक एवं वित्तीय सवलीकरण सम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्ने र नीतिनियमको प्रभाव मूल्यांकन तथा बहस पैरवी गर्दै देशको समग्र आर्थिक विकासका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायत अन्य सम्बन्धित निकायसँग संयुक्त रुपमा पहल गर्ने उल्लेख गरिएको छ।
सम्झौतापत्रमा उल्लेख भएअनुसार आपसी सहकार्य तथा समन्वयमा देहायका विषयहरुमा सरोकारवाला पक्षहरुबीच व्यापक छलफल गरी अध्ययन तथा अनुसन्धान गर्ने, सुझावहरुसहितको प्रतिवेदन तर्जुमा गरी सम्बन्धित निकायहरुमा पेस गर्ने गरी सम्झौता गरिएको छ।
संस्थागत उद्देश्यहरुको परिपूर्तिका लागिमात्र नभई आमजनता र राष्ट्रको हितलाई केन्द्रविन्दुमा राखेर गरिने सम्झौताबमोजिमका कार्यहरुले दिगो आर्थिक विकास र समृद्धि प्राप्तिका लागि नयाँ आयाम थप्ने विश्वास लिइएको छ।
सिबिफिनको कार्यालय, सुन्धारामा आयोजित हस्ताक्षर कार्यक्रममा सिबिफिनका तर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र एक्यानका तर्फबाट अध्यक्ष दीपक पाण्डेले हस्ताक्षर गरी सम्झौता सम्पन्न गरिएको हो।
9 hours ago
9 hours ago
9 hours ago
13 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago