काठमाण्डौ । व्यवस्थापन पढेका वा पढ्दै गरेका फ्रेस जनशक्तिलाई सिभिल बैंकमा जागिर खाने अवसर खुलेको छ । 

यो बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदमा गरी ५० जना फ्रेस कर्मचारी माग गर्दै सूचना प्रकाशित गरेको छ । 

काठमाण्डौ र बाहिरका जिल्लामा काम गर्ने गरी म्यानेजमेन्ट ट्रेनीतर्फ १० जना तथा ट्रेनी असिस्टेन्टतर्फ ४० जना कर्मचारी माग गरिएको हो । 

व्यवस्थापन, अर्थशास्त्र, बित्त, बैंक वा बिमा सम्बन्धी तथा अन्य सम्बन्धित बिषयमा स्नातकोत्तर गरेको तथा कामको कुनै अनुुभव नभएकाले समेत म्यानेजमेन्ट ट्रेनीमा आवेदन दिन सकिने बताइएको छ । २० देखि ३० वर्ष उमेर समूहकाले मात्र यो पदमा दरखास्त दिनसक्नेछन् । 

यस्तै, प्लस टुु उत्तीर्ण गरेका १८ देखि २३ वर्ष उमेर समूहकाले ट्रेनी असिस्टेन्ट पदमा आवेदन दिनसक्ने बताइएको छ । यसमा समेत अनुुभव चाहिदैन । स्नातक गरेकोले विशेष प्राथमिकता पाउने बैंकको सूचनामा उल्लेख छ ।