काठमाण्डौ । सिभिल बैंकले संचालक समितिका अध्यक्ष प्रतापजङ्ग पाण्डको प्रमुख आतिथ्यता तथा प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलको अध्यक्षतामा बैंकको प्रधान कार्यालयमा बिभिन्न सेवाहरुको थालनीको साथै विविध कार्यक्रमहरुको आयोजना गरीे एघारौं वार्षिकोत्सवको गरी मनाएको छ । 

बैंकले प्रधान कार्यालय लगायत देशैभरिका शाखाहरुमा समेत बिभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । बैंकको प्रधान कार्यालयमा प्रायोरीटि बैंकिङ सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रतापजङ्ग पाण्डेले तथा कल सेन्टर सेवा र मिस्ड कल बैंकिङ “एक घण्टी झ्याप्प पेमेन्ट” सेवाको शुभारम्भ बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरे । 

वार्षिकोत्सवको अवसर पारेर बैंकले देशभर छरिएका बैंकका मुख्य शाखासहित ३८ स्थानमा ५९ शाखाहरुको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियोे । 

यस्तै, देशभर छरिएका बैंकका ५६ स्थानका ५६ वटै शाखाहरुमा विपन्न तथा जेहन्दार छात्रालाई छात्रवृति कार्यक्रमको आयोजना हुने समेत बताइएको छ । जसमा बैंकले सरकारी विद्यालयमा कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत गरीब तथा जेहेन्दार छात्रालाई छात्रवृति स्वरुप रु ५,००० प्रदान गरिने कार्यक्रम रहेको बैंकले जनाएको छ ।

 

यस्तै, वार्षिकोत्सवको अवसर पारेर प्रायोरीटि बैंकिङ सेवाको उद्घाटन भएको छ । बैंकले विशेष व्यक्तिगत निक्षेपकर्ताहरुका लागि झञ्झटरहित तथा समर्पित बैंकिङ सेवाका लागि प्रायोरीटि बैंकिङ सेवाको थालनी गरेको बताइएको छ । सो सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रतापजङ्ग पाण्डेले गरे । 

यसैगरी, बैकका ग्राहकहरुको समस्या तथा गुनासोको हल गर्न चौविसै घण्टा संचालन हुने कल सेन्टर सेवाकोे उद्घाटन बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरे । 

यस्तै, केवल एक मिस कलबाट नै विजुलीको महशुल भुक्तानी हुने सेवाको उद्घाटन बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरे । 

यसैगरी, १०० देखि ५०० डलरसम्म लिन सकिने भर्चुअल डलर कार्डको उपयोग अन्तराष्ट्रिय सेवा तथा वस्तुहरु अनलाईन मार्फत खरिद गर्न सकिने यस कार्ड सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रतापजङ्ग पाण्डेले गरेका थिए । 

यस्तै, बैंकले सिभिल भर्चुयल एसिस्टेन्ट “सिभा”को समेत शुभारम्भ गरेको छ । निक्षेपकर्ताहरुको जिज्ञासाको तुरुन्तै समाधान गर्न तथा विविध बैंकिङ सेवाको विना झञ्झट बचत आर्टिफिसियल इन्टलीजेन्सको माध्यमबाट सम्पादन गर्ने च्याटबट सिभिल भर्चुयल एसिस्टेन्ट “सिभा”को उद्घाटन बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरेका थिए । 

त्यसैगरी बैंकमा ५ वर्ष-१० वर्षदेखिसेवा प्रदान गरेका बैंक कर्मचारीहरुलाई पनि बैंकले अभिनन्दन गरेको छ । 

सिभिल बैंकले एघारौं वर्ष पार गर्दासम्म करिब रु. ९२ अर्ब निक्षेप संकलन गरी करिब रु. ८८ अर्ब ऋण लगानी गरेको छ । बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा रु. २९.१८ करोड खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले हाल ११५ शाखा तथा १० वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा संचालन गर्दै आएको छ ।