काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ७ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १३.३९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले ६ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। 

यो अवधिमा संस्थाले १० करोड ८४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा ९ करोड १८ लाख रुपैयाँ थियो। 

संस्थाको खुद ब्याज आम्दानी ३७.३१ प्रतिशतले बढेर २३ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १७ करोड ४५ लाख रुपैयाँ रहेको थियो।

संस्थाले २ अर्ब ५१ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ८५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले १ अर्ब ६३ करोड रुपैयाँ सापटी लिई २ अर्ब ४५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार ९.२५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ११ करोड ९७ लाख रुपैयाँको रिजर्भ बढेर १३ करोड ८ लाख रुपैयाँको उचाइमा पुगेको छ।

चुक्तापुँजी २८ करोड ८१ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीए) घटेर २५.५६ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस २७.०४ रुपैयाँ रहेको थियो। पीई रेसियो ३०.२९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १४८.८९ रुपैयाँ रहेको छ।