काठमाण्डौ। समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले आफूले प्रदान गर्ने उत्कृष्ठ सेवा र सुविधामा मात्र सीमित नरहेर आफ्नो ग्राहकलाई उपलब्ध गराउन सकिने थप सुविधाहरुमा केन्द्रित भएर विभिन्न साझेदारहरुसँग समन्वय गरी विशेष छुटको व्यवस्था गरेको छ।

सिभिल बैंकका ग्राहकले अब विभिन्न साझेदारबाट विभिन्न वस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको विद्युतीय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट– मोबाइल बैंकिङ एप’ अथवा एटीएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुटहरु पाउने व्यवस्था गरेको छ।  

बैंकले हालसम्म यस्ता विभिन्न ४० साझेदारसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्वन्धमा सम्झौता गरिसकेको छ।  यसका साथै बैंकले आगामी दिनहरुमा यसको परिधि बढाइ अन्य संघसंस्थासँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोलाबहादुर विष्टले बताए। 

करिब ८ लाख ग्राहकलाई ११५ शाखामार्फतसेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टर र ९९ एटीएम रहेका छन्। यसका साथै बैंकले गत आसार मसान्तसम्म रु. ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ। 

सिभिल बैंकका ग्राहकले कहाँ कति छुट पाउँछन् ? तल हेर्नुहोस्-