काठमाण्डौ । पर्साको बिरुवागुठीस्थित सिभिल लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयले बीमा दाबी रकम भुक्तानी गरेको छ।  

पर्साको पर्सागढी नगरपालिका–४ भेडहा टोलमा रहेको केन्द्र नं. ५८ की सदस्य श्रीमती अलमुन नेसाको श्रीमान शेख अलाउदिनको मृत्युपश्चात निज सदस्यलाई बीमाको क्षतिपूर्ति रकम संस्थाले उपलब्ध गराएको हो। सदस्य श्रीमती अलमुन नेसाले संस्थाबाट रु.१ लाख २० हजार कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्युपश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बीमाअन्तर्गत श्रीमानको मृत्युपश्चात दिइने काजक्रिया खर्च रु. २५ हजार तथा तिरेको किस्ता रकम रु.३० हजारसमेत फिर्ता गरी जम्मा रकम रु. ५५ हजार निज सदस्यलाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले बताए। 

संस्थाले आफ्ना ग्राहक सदस्यको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यलाई आपतकालीन अवस्थामा सहयोग पुर्याउने उद्देश्यअनुरुप आवश्यकताअनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ। दुःखको समयमा संस्थाले सहयोगस्वरुप रकम उपलब्ध गराइदिएको भन्दै केन्द्रका सम्पूर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएका छन्। 

उक्त रकम प्रदान कार्यक्रममा शाखाका र्फबाट शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादव तथा कर्मचारी एकबाल शर्मा र सो केन्द्रका केन्द्र सञ्चालक दीपेशकुमार सिंहको उपस्थिति रहेको थियो भने केन्द्रका सदस्यहरुको उपस्थिति पनि थियो।