काठमाण्डौ । सिभिल बैंकले देशैभरि विविध १२ कार्यक्रमहरुको आयोजना गरीे आफ्नो १२ औँ वार्षिकोत्सव मनाएको छ। 

१. देशको विविध ६ स्थानमा गो क्यासलेस’ अभियान

नेपाल राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नीतिअनुरुप बैंकले सफा टेम्पूहरुको भाडा क्यूआर कोडमार्फत भुक्तानी गर्ने कार्यको थालनी गरी ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता प्रदान गरेको छ। जसमध्ये जावलाखेलको यो अभियानको उद्घाटन समारोह बैंकले आफ्नो १२ औँ वार्षिकोत्सवको दिनमा र वार्षिकोत्सवको लगत्तै पछी नेपालगन्ज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा गरी कुल ६ स्थानहरुका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी गरिने कुरा बैंकले जनाएको छ।  

अभियानको उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका थिए। उनले नगदरहित अर्थतन्त्र आजको आवश्यकता भएको र यसले सिंगो राष्ट्रलाई समृद्घिको पथमा डोर्याउने बताए। 

नोट छपाइ गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरिहार्य कुरा भएको नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए। 

कार्यक्रममा सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डे, सञ्चालकहरु अम्बिर बोगटी, प्रकाश तायल, युगेशबहादुर मल्ल, शम्भू प्रसाद पन्त, प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल, विभिन्न टेम्पु यातायात व्यवसायी संघका प्रतिनिधि, फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा तथा टेम्पु व्यवसायीहरु तथा सर्वसाधरणको उपस्थिति थियो।

अब उक्त क्षेत्रका सफा टेम्पोमा यात्रा गर्ने यात्रुले आफ्नो मोबाइल बैंकिङ एप अथवा स्मार्ट वालेट एपमार्फत बिना कुनै झन्झट भुक्तानी गर्न सक्नेछन्। जसले गर्दा खुद्रा पैसाको झन्झटबाट पनि मुक्ति मिल्नेछ। 

२. जावलाखेल शाखामा प्रायोरिटी बैंकिङ सेवाको उद्घाटन

बैंकको जावलाखेल शाखामा प्रायोरिटी बैंकिङ सेवाको सुरु गरेको छ। जसको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष प्रतापजंग पाण्डे तथा बैंकका निक्षेपकर्ता धनञ्जय आचार्यले संयुक्त रुपमा गरे। 

३. याङ्वरक शाखामा एटीएम सेवा प्रारम्भ

बैंकले आफ्नो पाँचथरस्थित याङ्वरक शाखामा एटीएम सेवा प्रारम्भ गरेकोे छ। जसको उद्घाटन याङ्वरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्याले गरे। याङ्वरक देशकै विकट दुर्गम स्थानमा पर्दछ। जसमा सिभिल बैंकले मात्रै उपस्थिति जनाएको छ। यसका साथै यो एटीएम उक्त गाउँपालिकाको पहिलो एटीएम हो। यस एटीएम सेवाले त्यस भेगका स्थानियलाई सेवाको अतिरिक्त आधुनिक बैंकिङ सेवाका बारेमा पनि बुझ्न मद्दत गर्नेछ।

सामाजिक उत्तदायित्वका कार्यक्रम

४. रक्तदान कार्यक्रमः देशभर छरिएका बैंकका मुख्य शाखासहित ३६ स्थानका ५९ शाखाहरुको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।े जसबाट कुल ९८४ पिन्ट रगत संकलन गरिएको थियो।

रक्तदान कार्यक्रम प्रदेश नं. १ का विराटनगर, पुष्पलालचोक, दुहबी, इटहरी, विराटचोक, बिर्तामोड, अर्जुनधारा र धरान, मधेश प्रदेशका वीरगन्ज, जनकपुर र गोलबजार, बागमती प्रदेशका मुख्य शाखा, न्युरोड, बांगेमुढा, त्रिपुरेश्वर, बनेपा, धुलिखेल, पाटन सुन्धारा, दौबहाल, जावलाखेल, कुमारीपाटी, नयाँ बानेश्वर, मध्यबानेश्वर, कमलादी, अनामनगर, पुतलीसडक, बौद्ध, चाबहिल, कपन, अत्तरखेल, कुलेश्वर, भीमसेनस्थान, टाँडी, खुरखुरे, नारायणगढ, पार्वतीपुर, गोंगबु, कीर्तिपुर, स्वयम्भू, सूर्यविनायक, टोखा, नखिपोट, गोठाटार, हेटौँडा र सिन्धुर्ली, गण्डकी प्रदेशका शिवचोक, पोखरा, कावासोती, लेखनाथ र दमौली, लुम्बीनी प्रदेशका भैरहवा, बुटवल, मणिग्राम, घोराही, नेपालगन्ज र लमही तथा सुदूरपश्चिम प्रदेशका धनगर्ढी, लम्कीचुहा र महेन्द्रनगर शाखामा आयोजना गरिएको थियो।

५. जेहन्दार छात्रालाई छात्रवृत्ति कार्यक्रमः देशभर छरिएका बैंकका ५७ स्थानमा विभिन्न शाखामार्फत विपन्न तथा जेहन्दार छात्राहरुलाई छात्रवृति कार्यक्रमको आयोजना गरी सरकारी विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका गरिब तथा जेहन्दार छात्रालाई छात्रवृत्तिस्वरुप रु. ५ हजार प्रदान गरिएको छ। जसअनुसार प्रदेश नं. १ का दमक, उर्लाबारी, गाईघाट, ओखलढुङ्गा, याङवरक, माइजोगमाई, सुनवर्सी, हिलिहाङ, सुरुंगा, दूधे, रवि, भद्रपुर र फिदिम, मधेश प्रदेशका पकाहमैनपुर, धनकौल, ढल्केबर, गोलबजार, लहान, गरुडा, धनगढीमाई, गन्जभवानिपुर, चन्द्रनीगाहपुर, निजगढ, जितपुर सिमरा, कलैया र मलंगहवा, बागमती प्रदेशका बाह्रबिसे, मेलम्ची, धादिङ्गबेशी र साँखु, गण्डकी प्रदेशका आरुघाट, लेखनाथ, मालिंग, गौंडा, भुलभुले, राइनास, बेशीशहर, धार्चे र लामाचौर, लुम्बिनी प्रदेशका विजुवार, तुलसीपु्र, माण्डवी, लालमटिया, ठाकुरद्वारा, शितलाबजार, कोहलपुर, सुनवल र जितपुर कपिलवस्तु, कर्णाली प्रदेशका रुकुम, सल्यान, भैरवी, शिवालय, वीरेन्द्रनगर र छिन्चु सुदूरपश्चिम प्रदेशका जानकी, आदर्श, बान्नीगढी जयगढ र भजनीमा छात्रवृत्ति कार्यक्रम गरिएको थियो। 

६. वित्तीय साक्षरता कार्यक्रमः बैंकले आफ्नो विभिन्न शाखाहरुमार्फत विभिन्न उमेर समूहका व्यक्तिहरुलाई बैंकिङ तथा वित्तीय ज्ञानसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। जसमा देशैभरिबाट करिब ५०० जनाले सहभागिता जनाएका थिए।

७. कार्तिक नाचलाई आर्थिक सहयोगः मल्लकालीन राजा सिद्धी नरसिंह मल्लको पालादेखि प्रदर्शन हुँदै आएको ३८३ बर्ष पुरानो ललितपुरको प्रसिद्ध परम्परागत, साँस्कृतिक एवं ऐतिहासिक नाच “कार्तिक नाच”को संरक्षणका लागि बैंकले रु ७५ हजार आर्थिक सहयोग गरेको छ।

८.  नेपाल बाल संगठनलाई आर्थिक सहयोगः बैंकले नेपाल बाल संगठनमा आश्रित करिब ३५० जना बालबालिकाका लागि विभिन्न स्टेसनरी सामग्री खरिद गर्न रु. ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ।

९. निःसहाय सहयोग परिषद्लाई आर्थिक सहयोगः बैंकले सुनसरी जिल्लास्थित धरानमा रहेको निःसहाय सहयोग परिषदको तालिम भवन निर्माण गर्न रु. ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ। उक्त संस्थाले विपन्न तथा पिछडिएका बालबालिकालाई प्राथमिक तहदेखि उच्च तहसम्मको शिक्षा प्रदान गर्ने तथा विभिन्न सीपमूलक तालिमहरु प्रदान गर्दै आएको छ।

१०. राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोगः बैंकले महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रको ‘उच्च प्रविधि क्लासरुम परियोजना’का लागि रु. ५० हजार आर्थिक सहयोग उपलब्ध गरेको छ।

११. अपांगता संरक्षण नेपाललाई आर्थिक सहयोगः बैंकले अपांगता संरक्षण नेपाललाई दृष्टिविहीन व्यक्तिहरुका लागि १०० वटा सेतो छडी खरिद गर्नका लागि रु. ९५ हजार आर्थिक सहयोग उपलब्ध गरेको छ।

१२. बेगनाश तालमा लाइफ ज्याकेट हस्तान्तरणः बैंकले कास्की जिल्लास्थित बेगनाश तालको डुंगा व्यवसायीलाई डुंगाको सवारी गर्नेहरुको सुरक्षाका लागि १०० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको छ।

रु. ९५.२३ अर्ब निक्षेप संकलन गरी करिब रु. ८७.४० अर्ब ऋण लगानी गरेको सिभिल बैंकले आफ्नो १२औँ वार्षिकोत्सवका अवसरमा ५ वर्ष/१० वर्षदेखि अनवरत सेवा प्रदान गरेका बैंकका कर्मचारीहरुलाई अभिनन्दन गरेको छ। बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा रु. ४१.५१ करोड खुद मुनाफा कमाउन सफल भएको छ। बैंकले हाल ११५ शाखा तथा १३ वटा एक्सटेन्सन काउन्टर तथा १०२ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।