काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा रुद्रप्रसाद दाहाल नियुक्त भएका छन्।
संस्थाको सञ्चालक समितिको माघ ९ गते बसेको बैठकले दाहाललाई ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो। बैंकिङ क्षेत्रमा ३५ वर्षभन्दा बढी अनुभव भएका दाहाल कृषि विकास बैंकबाट अवकाश प्राप्त हुन्।
वि.सं. २००८ सालमा धनकुटामा जन्मेका दाहाल सुनसरी इनरुवा स्थायी घर भई हाल कामपा–१४ मा बसोबास गर्छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।
केन्द्रीय कार्यालय काठमाण्डौको चाबहिलमा रहेको वित्तीय संस्थाको ७५ वटा शाखा रहेको छ। संस्थाले १४ हजार घर परिवारलाई वित्तीय सेवा मार्फत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।
42 minutes ago
49 minutes ago
54 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago