काठमाण्डौ । सिभिल बैंक लिमीटेडले निकै ठूलो संख्यामा कर्मचारी मागेको छ । 

बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै एकैपटक ४९६ जना कर्मचारी मागेको हो।

बैंकले ५२ जना ब्राञ्च म्यानेजर मात्र मागेको छ । सबैभन्दा बढी ट्रेनी असिस्टेन्टको रुपमा १०० र रिलेशन अफिसरको रुपमा १०० कर्मचारी मागिएको छ । 

यस्तै, म्यानेजमेन्ट ट्रेनीको रुपमा ८० जना, ५० जना अपरेशन इञ्चार्ज, २० जना ट्रेनी, १८ जना रिलेसनसीप म्यानेजर समेत मागिएको छ । 

यसैगरी, सिएडी असिस्टेन्ट पदमा ७ जना, क्रेडिट कन्ट्रोल अफिसरको रुपमा ५ जना, लिगल अफिसर पदमा ४ जना, न्यू प्रोजेक्ट अफिसर ४ जना, कम्प्लाइन्स अफिसर पदमा ३ जना, रिस्क म्यानेजमेन्ट अफिसर ३ जना, रिकभरि अफिसरमा ३ जना कर्मचारी मागिएको छ । 

सबैभन्दा कम आर एण्ड डी अफिसर पदमा २ कर्मचारी मागिएको छ । 

माग गरिएका कुल कर्मचारीमध्ये २०० फ्रेस जनशक्तिका लागि हो । म्यानेजमेन्ट ट्रेनी, ट्रेनी र ट्रेनी असिस्टेन्ट पदका लागि फ्रेस अनुहारले आवेदन दिन सक्नेछन् । 

बैंकको विज्ञापन यस्तो छ: