काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ।

संस्थाको हिजो पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। संस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट गत असार मसान्तसम्म कायम चुक्तापुँजी ११ करोड ९८ लाख १९ हजार ७०० रुपैयाँ र सातौँ वार्षिक साधारणसभाबाट पारित भई आर्थिक वर्ष २०७७÷७८ मा निष्कासन भएको हकप्रद बिक्रीपछि कायम चुक्तापुँजी २३ करोड ३९ लाख ३३ हजार ७०० रुपैयाँको कुल ३.६८४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा ३.५ प्रतिशत हुन आउने ८१ लाख ८७ हजार ६७९.५० रुपैयाँबराबरको बोनस सेयर र ०.१८४२१ प्रतिशतले हुन आउने ३ लाख ६८ हजार ४२१ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।