काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा डोकेको छ।
बैंक सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले आउँदा फागुन ९ गते वार्षिक साधारणसभा डाकेको हो। सभा काठमाण्डौको सुन्धारास्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश अनुमोदन गर्नेछ। बैंकले गत आर्थिक वर्षका लागि कुल ८.२४ लाभांश प्रस्ताव गरेको छ। जसमा बोनस सेयर ८ र नगद ०.२४ रहेका छन्।
सभा र लाभांश प्रयोजनका लागि बैंकले यही माघ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको माघ २२ गतेसम्म कायम सेयरधनीहरु लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago