काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि आज सिभिल बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।

नेप्सेले सिभिल बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २१५ रुपैयाँ कायम गरेको हो। यसअघि यो बैंकको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता २३२ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यो बैंकको सेयर कारोबारमा आउनेछ।

सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश छन्।

प्रस्तावित लाभांश बैंकको आगामी फागुन ९ गते हुने १० औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ। 

लाभांश र सभा प्रयोजनका लागि बैंकले आज माघ २३ गते बुक क्लोज गरेको छ। यसको अर्थ हिजो माघ २२ गतेसम्म कायम सेयरधनीहरुमात्र यो बैंकको लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।