काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो खुरखुरे शाखा स्थानन्तरण गरेको छ। 

स्थानन्तरित खुरखुरे शाखाको उद्घाटन राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले गरेकी छन्। हालको कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै उक्त उद्घाटन समारोहमा सहभागीको संख्या न्यून गरिएको थियो।

शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा प्रमुख अतिथि तथा राप्ती नगरपालिका नगर प्रमुख बरालले खुरखुरेमा वित्तीय पहुँच वृद्धि गर्नका साथै वित्तीय स्तर बढाउन टेवा पुर्याउने कुरा बताइन्। ब्यापारव्यवसाय विस्तार तथा रोजगारी सिर्जनाका लागि अनुकूल वातावरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिँदै उनले उक्त क्षेत्रका बासिन्दालाई आफूलाई आवश्यक पर्ने पुँजीका लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफूसँग भएको सानो–सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरिन्। 

कार्यक्रमका सभापति तथा सिभिल बैंकका प्रदेश २ नं का प्रमुख विश्वास अर्यालले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताए। सिभिल बैंकले यस क्षेत्रका सम्पूर्ण बचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिङ सेवा तथा सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै उनले यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि साना तथा मझौला व्यापार–व्यवसायलगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घरकर्जा, सवारी कर्जा, शैक्षिक कर्जालगायतका क्षेत्रमा लगानी बढाउने बताए।

करिब साढे ५ लाख ग्राहकलाई ११४ शाखा, ९ एक्सटेन्सन काउन्टर र ८९ एटीएममार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंककोे हालसम्म करिब ८९ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी करिब ८३ अर्ब रुपैयाँ कर्जा लगानी गरिसकेको छ।