काठमाण्डौ । सिभिल बैंक लिमिटेडेले सार्वजानिक निष्कासन गर्न लागेको रु. ३ अर्ब रुपैयाँको ऋणपत्रको नागरिक लगानी कोष (सीआईटी), प्रभु क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले प्रत्याभूति गर्ने भएका छन्। 

सिभिल बैंकले रु. १ हजार अंकित दरको ३० लाख इकाइ ‘९ प्रतिशत सिभिल बैंक डिबेन्चर २०८८’ को सीआईटीसँगै यी ३ क्यापिटलले प्रत्याभूति गर्ने भएका हुन्। प्रत्याभूती गर्नका लागि निष्काशनकर्ता सिभिल बैंक तथा प्रत्याभूतिकर्ताहरु सीआईटी, प्रभु क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र माछापुच्छ्रे कृति क्यापिटलले प्रचलित धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्थाबमोजिम आज प्रत्याभूति सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

सिभिल बैंकले निष्काशन गर्ने ऋणपत्र सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्काशन अवधिमा माग भएबमोजिम बिक्री हुन नसकेमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरुले लिन मन्जुर गरेका छन्। यस क्रममा प्रत्याभूतिकर्ताहरु नागरिक लगानी कोषले २ अर्ब, प्रभु क्यापिटल लिमिटेडले रु ३५ करोड, ग्लोबल आइएमई क्यापिटल लिमिटेडले रु ३० करोड र माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले रु ३५ करोडबराबरको डिवेन्चर प्रत्याभुति गर्ने सम्झौत गरेका छन्।