काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

सोही सभाले वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेसम्बन्धी विशेष प्रस्तावमा छलफल गरी पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जनका लागि निर्देशन वा सुझाव आएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलार्य अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु सभाबाट पारित हुनेछ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले आउँदो कात्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक ११ गते (कात्तिक १२ गते शुक्रबार र कात्तिक १३ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्र यो संस्थाको लाभांश पाउन योग्य हुनेछन्।