काठमाण्डौ । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले आइपीओ निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले २ करोड कित्ता शेयर आयोजना प्रभावित तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।

आइपीओ निश्कासनका लागि सोनापुर मिनरल्स एण्ड आयल लिमीटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्रीप्रबन्धक नियुक्त गरेको छ ।

दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । यस कम्पनीेसँग उच्चस्तरिय र गुणस्तरिय चुनढुङ्गा छन्।

सेयर निश्कासन सम्बन्धी सम्झौतामा सोनापुर मिनरल्सका प्रबन्ध संचालक निपेश तायल र एनआइबिएल एस क्यापिटल लिमीटेडका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा तथा क्यापिटलकै सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले माघ ७ गते हस्ताक्षर गरे। 

यो उद्योगले सोनाचाँदी, सोनाली, सोनापुर, सोनाटेक लगायतका ब्राण्डमा सिमेन्ट उत्पादन गर्दै आइरहेको छ ।