photo courtesy : Wang Bhote
काठमाण्डौ । संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित दुईजना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार हेलिकोप्टर दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन्।
दुर्घटनास्थल भोटखोला–४ सिप्रुङबाट दुवैलाई उद्धार गरेर नेपाली सेनाको हेलिकोप्टरमा काठमाण्डौ पठाउने तयारी भइरहेको छ। हेलिकप्टरमै सवार स्थानीय छिरिङ भोटे भने सकुशल छन्।
माथिल्लो अरुण हाइड्रो पावरका सामान लैजाँदै गर्दा हेलिकोप्टर दुर्घटनामा परेको थियो।
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago