काठमाण्डौ । संखुवासभामा आज भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको हो। उनलाई घटनास्थलबाट उद्धार हेलिकोप्टरबाट उद्धार गरी तुम्लिङटार ल्याइएको थियो। त्यहाँ उनको निधन भएको खबर आएको प्रहरीले जनाएको छ। यद्यपि, खाँदबारी आस्पताल ल्याएपछि मात्रै मृत्यु भएको घोषणा गरिने बताइएको छ।
माथिल्लो अरुण हाइड्रो पावरका सामान लैजाँदै गर्दा भोटखोला गाउँपालिका–४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो।
दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल र को–पाइलट छिरिङ भोटे उपचारार्थ काठमाण्डौ ल्याइएको छ। अन्य घाइते मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकरको खाँदबारीमै उपचार भइरहेको छ।
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago