काठमाण्डौ । अमेरिकाको सिलिकन भ्याली बैंक (एसभीबी) अन्ततः बिक्री भएको छ।
फर्स्ट सिटिजन्सले एसभीबीलाई किनेको हो। सम्झौताअनुसार फर्स्ट सिटिजन्सले एसभीबीको निक्षेप र ऋण किनेको छ।
दुई बैंकबीच करिब ११९ अर्ब डलरमा यो सम्झौता भएको हो। अमेरिकाको फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले सोमबार यसबारेमा जानकारी दिएको हो।
कर्पोरेसनद्वारा जारी विज्ञप्तिमा आज मार्च २७ बाट सिलिकन भ्याली ब्रिज बैंक, नेसनल एसोसिएसनको १७ शाखा फर्स्ट सिटिजन्सको नाममा खुल्ने जनाइएको छ। एसभीबीका ग्राहकले मौजुदा शाखा प्रयोग गर्न सक्नेछन्। यद्यपि, यसको फर्स्ट सिटिजन्सबाट सूचना आवश्यक हुनेछ।
जारी विज्ञप्तिअनुसार यसका अन्य सबै शाखामा पूर्ण बैंकिङ सेवा प्रवाह गर्न अनुमति दिन सिस्टम कन्भर्जन प्रक्रिया पूरा भइसकेको छ। –एजेन्सी
15 hours ago
15 hours ago
16 hours ago
16 hours ago
16 hours ago
17 hours ago
18 hours ago
18 hours ago
18 hours ago
19 hours ago