काठमाण्डौ । नेपालमा नै उत्पादन हुने अन्तर्राष्ट्रिय स्तरको धाराको ब्राण्ड सिल्क वेयरले नायिका केकी अधिकारीलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । 

नेपालको एकमात्र आइएसओ प्रमाणित कम्पनीका प्रबन्ध निर्देशक राजन झाका अनुसार राजधानीमा एक समारोहका बीच ब्राण्ड एम्बेस्डरका लागि केकी अधिकारी नियुक्ति सम्बन्धमा सम्झौता भएको हो । 

अधिकारी र कम्पनीका निर्देशक झाले सम्झौतामा हस्ताक्षर गरेका थिए । 

केकी अधिकारीलाई कम्पनिले ३ वर्षका लागि ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

यस्तै सिल्क वेयर ब्राण्डका धाराका सामानहरु भने जनसन इन्टरनेशनल प्रालिले बजारमा ल्याएको सो क्रममा बताइयो । कम्पनीले आफ्डा प्रडक्टहरुमा १० वर्षको रिप्लेसमेन्ट ग्यारेण्टी दिने र   विभिन्न ९ भेराइटीमा बजारमा उपलब्ध भएको पनि उक्त कार्यक्रममा जानकारी दिइएको छ । 

उक्त कार्यक्रममा बोल्दै नायिका केकी अधिकारीले यस्ता उत्पादनशील क्षेत्रमा लगानी गरी नेपालको उत्पादन क्षमता बृद्धि गरी नेपाललाई आत्मनिर्भर बनाउन सुरुवात गरेकोमा र यस्ता प्रिमियम ब्राण्ड लाई प्रवद्र्धन  गर्न कम्पनीले आफूलाई रोजेकोमा धन्यवाद दिइन् ।

सिल्क वेयर नै किन रोज्ने ? भन्ने पत्रकारको प्रश्नको उत्तर दिदै निर्देशक झाले भने–‘हामी हाम्रा ग्राहकलाई १० वर्षको  रिप्लेसमेन्ट ग्यारेण्टी दिंदैछौ । हाम्रा उत्पादन अन्तराष्टिय स्तरका छन् । निर्धक्क भएर प्रयोग गर्न सल्लाह दिन्छु । विदेशी ब्राण्डलाई महँगो पैशा तिर्नु भन्दा विदेशी ब्राण्ड् सरहको नेपाली ब्राण्डलाई किफायति मूल्यमा प्रयोग गरी नेपाली उत्पादनलाई प्रोत्साहन गर्न आग्रह गर्छु ।’