काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तले यही फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। 

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नाममा एकीकृत कारोबार सुरु गर्न लागिएको हो। 

गत असार २२ गते यी दुवै लघुवित्तबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। गत असोज ७ गते सम्पन्न दुवै लघुवित्तको विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो।

नेपाल राष्ट्र बैंकले गत पुस ७ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले फागुन १५ गते मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको थियो। 

एकीकृत कारोबार प्रयोजनार्थ यही फागुन २८ गते र फागुन २९ गते दुई दिन दुवै संस्थाको सम्पूर्ण बैंकिङ सेवाहरु बन्द रहनेछ।