काठमाण्डौ । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहअन्तरगतको ४ लाख ६८ हजार ८ सय अठ्ठाईस कित्ता शेयर बिक्रीमा आउने भएको छ । 

बैंकले जारी गरेको एक सूचनाअनुसार उक्त संस्थापक शेयरको न्यूनतम मूल्य रु. १ हजार ५ सय दुई रुपैयाँ पचास पैसा तोकिएको छ । शेयरमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । उक्त संस्थापक शेयर खरीदका लागि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु मात्र सहभागी हुन सक्नेछन् । 

ईच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले २०७७ चैत्र ३ गतेदेखि चैत्र १७ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।