काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा सीआईटीले ३८ करोड ९४ लाखरुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा सीआईटीले ३२ करोड २५ लाखरुपैयाँ खुद नाफा आर्जन गरेको छ। समीक्षा अवधिको यो नाफा गत वर्षको यही अवधिको तुलनामा २०.७३ प्रतिशतले बढी हो।
दोस्रो त्रैमासमा सीआईटीेको ब्याज आम्दानी बढेर ८ करोड ८७ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आम्दानी ७ करोड ६५ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा सीआईटीको सेवा शुल्क तथा कमिसनबापतको आम्दानी ५८ करोड ७२ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो आम्दानी ४९ करोड ११ लाख रुपैयाँ रहेको थियो।
चुक्तापुँजी ३ अर्ब २७ करोड रुपैयाँ रहेको सीआईटीको सेयर प्रिमियममा १ अर्ब २६ करोड रुपैयाँ र जगेडा कोषमा १९ अर्ब ६२ करोड रुपैयाँ रहेको छ।
कोषले मुद्दति निक्षेपमा १ खर्ब ५ अर्ब ९१ करोड रुसीआईटीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ रहेको छ।
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago