काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा सीआईटीले ६१ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ४.१४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा सीआईटीले ५९ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
सीआईटीको ब्याज आम्दानी १३ करोड २१ लाख रुपैयाँबाट बढेर १४ करोड ७५ लाख रुपैयाँ पुगेको छ। सेवा शुल्क तथा कमिसन आम्दानी पनि ८६ करोड ३३ लाख रुपैयाँबाट बढेर ८८ करोड २७ लाख रुपैयाँ भएको छ।
चुक्तापुँजी ३ अर्ब २७ करोड रुपैयाँ पुगेको सीआईटीको सेयर प्रिमियममा १ अर्ब २६ करोड रुपैयाँ रहेको छ। जगेडाको आकार पनि १३ अर्ब २६ करोड रुपैयाँबाट बढेर २० अर्ब ३० करोड रुपैयाँको उचाइमा पुगेको छ। जगेडामा ५३.०७ प्रतिशतको बढोत्तरी भएको छ।
सीआईटीले मुद्दति निक्षेपमा १ खर्ब ७ अर्ब १२ करोड रुपैयाँ लगानी गरेको छ। संगठित संस्थाको सेयरमा सीआईटीको १६ अर्ब ६५ करोड रुपैयाँ र नेपाल सरकारको ऋणपत्रमा १ अर्ब ५ करोड रुपैयाँ लगानी रहेको छ।
समीक्षा अवधिमा सीआईटीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २७ रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा ईपीएस २६ रुपैयाँ थियो। प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ पुगेको छ।
4 hours ago
4 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago