काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा सीआईटीले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १७.९९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सीईटीले १९ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा सीआईटीले ब्याज आम्दानीबापत १० करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ७३.४१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सीआईटीले ५ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
यो अवधिमा सीआईटीको सेवा शुल्क तथा कमिसन आम्दानी २८ करोड १२ लाख रुपैयाँबाट बढेर २९ करोड ३९ लाख रुपैयाँ पुगेको छ । सीआईटीको जगेडा कोषको आकार पनि १९ अर्ब ४ करोड रुपैयाँबाट बढेर ३१ अर्ब ४ करोड रुपैयाँको उचाइमा पुगेको छ।
चुक्तापुँजी ४ अर्ब २५ करोड रुपैयाँ रहेको सीआईटीको सेयर प्रिमियम घटेर २८ करोड ३८ लाख रुपैयाँमा झरेको छ। गत वर्ष सेयर प्रिमियम १ अर्ब २६ करोड रुपैयाँ थियो।
सीआईटीको लगानीमा प्रतिफल (आरओआई) बढेर ९.३८ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिमा आरओआई ७.७१ प्रतिशत थियो।
समीक्षा अवधिमा सीआईटीको ईपीएस भने घटेर २१.९० रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस २४.१३ रुपैयाँ थियो। सीआईटीको प्रतिसेयर नेटवर्थ बढेर १८९.०५ रुपैयाँ कायम भएको छ।
9 hours ago
9 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago