काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले हकप्रद सेयर यही पुस २८ गतेबाट निष्कासन गर्ने भएको छ।
कोषले १ः०८२८४ को अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो। कोषको हाल कायम चुक्तापुँजी १ अर्ब ६४ करोड ७ लाख ४० हजार ८०० रुपैयाँको एक सेयरबराबर नयाँ ०.८२८४ निष्कासन हुनेछ। १०० रुपैयाँ अंकित दरका १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर कोषले निष्कासन गर्नेछ।
धितोपत्र बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। सेयरधनीहरुले यो हकप्रद खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्वा सेवामा सहभाभागी बेंक तथा वित्तीय संस्थाहरुका साथै टेकुस्थित आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु वीरगन्ज, जनकपुर, भरतपुर, बनेपा, बागलुङ, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, हेटौँडा, बिर्तामोड र नागरिक लगानी कोषको काठमाण्डौ नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालय र शाखाहरु विराटनगर र पोखराबाट आवेदन दिन सक्नेछन्।
आवेदन दिने माघ १९ गते बैंकिङ समयसम्म तोकिएको छ।
हकप्रद निष्कासन प्रयोजनार्थ कोषले यही पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १३ गतेसम्म कायम सेयरधनीहरुमात्र यो हकप्रद खरिदका लागि योग्य हुनेछन्।
यो हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डले भने गत पुस २ गते अनुमति प्रदान गरेको थियो।
8 hours ago
8 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago