काठमाण्डौ। नागरिक लगानी कोष (सीआईटी) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५९ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
आज सार्वजनिक वित्तीय विवरणअनुसार सीआईटीको समीक्षा अवधिको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ५६.०३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म सीआईटीले ३७ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म सीआईटीको ब्याज आम्दानीबापत १८ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिसम्म ५ करोड ७८ लाख रुपैयाँमा सीमित थियो।
यसैगरी यो अवधिमा सीआईटीले ७९ करोड २ लाख रुपैयाँ सेवा शुल्क तथा कमिसन आम्दानी गरेको छ। गत वर्ष यस्तो आम्दानी ६१ करोड ६२ लाख रुपैयाँमा सीमित थियो।
सीआईटीको विधि आम्दानी पनि १६ लाख रुपैयाँबाट बढेर १ करोड ५३ लाख रुपैयाँको उचाइमा पुगेको छ।
सीआईटीले मुद्दति निक्षेपमा ९८ अर्ब १४ करोड रुपैयाँ बढी राखेको छ। संगठित संस्थाको सेयरमा १३ अर्ब ६० करोड रुपैयाँ र नेपाल सरकारको ऋणपत्रमा १ अर्ब ५ करोड रुपैयाँ बढी लगानी रहेको छ।
सेयर पुँजी ३ अर्ब रुपैयाँ रहेको सीआईटीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) भने घटर २६ रुपैयाँमा झरेको छ। गत वर्ष ईपीएस ३१ रुपैयाँ रहेको छ। सीआईटीको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ रहेको छ।
19 hours ago
20 hours ago
20 hours ago
20 hours ago
20 hours ago
20 hours ago
21 hours ago
21 hours ago
22 hours ago
22 hours ago