काठमाण्डौ । निजामती बीमा कोषका सेवाग्राहीले सोमबारबाट थप ३ दिन नागरिक लगानी कोष (सीआईटी) बाट सेवा नपाउने भएका छन्।

सीआईटीले आइतबार एक सूचना प्रकाशित गर्दै निजामती बीमा कोषका सेवाग्राहीलाई भोलि सोमबारदेखि बुधबारसम्म सेवा दिन असमर्थ रहेको जानकारी गराएको हो। 

सीआईटीले पुरानो सफ्टवेयरमा रहेको डाटा (तथ्यांक) नयाँ वेब बेस्ड एनएलके डब्ल्यूबीएस प्रणालीमा माइग्रेसन गर्ने काम भइरहेको हुनाले थप ३ दिन सेवा दिन असमर्थ रहेको जानकारी गराएको छ। 

यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति सीआईटीले क्षमा मागेको छ।