काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले झन्डै साढे ९ अर्ब रुपैयाँ वाणिज्य बैंकहरुमा लगानी गर्ने भएको छ।

सीआईटीले नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका बैंकहरुमा ९ अर्ब ४५ करोड २५ लाख ९६ हजार रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको हो।

सीआईटीले शुक्रबार सूचना प्रकाशित गर्दै इच्छुक बैंकले आफूले लिन चाहेको रकम, ब्याजदर र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी आउँदो वैशाख २ गते दिउँसो साढे ४ बजेसम्म शिलबन्दी प्रस्ताव पेस गर्न आह्वान गरेको छ। 

सीआईटीले उक्त रकम १ वर्षदेखि २ वर्षसम्म लगानी गर्न इच्छुक रहेको जनाएको छ।