काठमाण्डौ । सीडीएससीको ‘मेरो सेयर’ पोर्टल स्तरोन्नतिको काम लगभग अन्तिम चरणमा पुगेको छ।

सीडीएससीले करिब २ साताअघि ‘मेरो सेयर’ को स्तरोन्नतिको काम भइरहेको जानकारी गराएको थियो। सीडीएसपी प्रवक्ता सुरेश न्यौपानेका अनुसार एउटा लेभलको काम सकिएको र स्तरोन्नतिको काम लगभग अन्तिम चरणमा पुगेको जानकारी दिए।

न्यौपानेका अनुसार सीडीएससीले ‘मेरो सेयर’ प्रयोगकर्ताले सहज ढंगले सञ्चालन गर्नु सकून भनेर हालै २ वटा अत्याधुनिक सर्भर थपेको छ। ‘अहिले यीसँगै करिब २५ वटा सर्भर सञ्चालनमा छन्’, उनले भने।

पहिलेजस्तो समस्या अहिले ‘मेरो सेयर’मा नदेखिएको न्यौपानेको दाबी छ। ‘तर प्रयोगकर्ता जति बढ्छन्, त्यहीअनुसार सर्भरले काम गर्ने हो’, उनले भने। 

अब आउने नयाँ आईपीओ सहज ढंगले प्रयोगकर्ता भर्न सके भने सर्भर राम्ररी चल्यो भन्ने अवस्था आउने न्यौपानेको भनाइ छ।