-भक्तराज रसाइली 

काठमाण्डौ । भृकुटीमण्डपमा जारी नाडा शोमा मारुती सुजुकीको स्टलमा थामिनसक्नु भीड देखिएको छ ।

प्रदर्शनको चौथो दिनमा पनि यत्ति भीड देखिनु सुजुकीप्रतिको नेपालीहरुको अगाध माया र स्नेह रहेको कम्पनीका डाइरेक्टर  करण चौधरीले बताए । 

बिहीबारसम्मको रेकर्ड अनुसार १ सय भन्दा बढी गाडीहरुको बूकिङ्ग भइसकेको र नाडा अझै ३ दिन बाँकी रहेकोले यो आँकडा अझै माथि पुग्ने सीजी मोटोकर्पका मार्केटिङ प्रमुख करुन शाक्यले बताए । 

बिहीबारसम्मको रेकर्ड अनुसार ३ हजार ५ सय प्लस ईन्क्वायरी रेकर्ड भएको शाक्य बताउँछन् ।

मारुती सुजुकीका चार पांग्रे सवारीमा सिजी मोटोकर्पले ग्राहकहरुको हितलाई ध्यानमा राखी एभरेस्ट, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायत वाणिज्य बैंकमार्फत ३५ प्रतिशत डाउनपेमेन्ट र ९.९९ प्रतिशत व्याजमा सुजुकी ब्रान्डका गाडीहरू खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

स्वीफ्ट सोध्नेको उस्तै भीड

नेपालमा चार पांग्रे सवारीको कुल बजार हिस्सामा सबैभन्दा बढी ओगट्दै आएको मारुती सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटोकर्प हो ।  

नाडा अटो शोमा सुजुकीका विभिन्न मोडलहरु राखिएकोमा शोमा डिजायर, बोलेनो, सुजुकी स्विफ्टमा विशेष आकर्षण देखिएको सिजी मोटोकर्पका मार्केटिङ प्रमुख करण शाक्यले बिजशालालाई बताए ।

यीमध्ये पनि स्वीफ्टको पछिल्लो भर्जनले धेरैको ध्यान तानेको छ । थर्ड जेनेरेसनको यस स्विफ्ट कार स्पोर्टि लूक्स र नयाँ च्यासिस तथा थुप्रै आकर्षक  विशेषता भएकाले चलाउन आरामदायी रहेको शाक्य बताउँछन् । 

पावरफूल इञ्जिन त छँदैछ नै, यसले ग्यारेन्टीका साथ २२ किमि प्रति लिटरको माईलेज पनि दिने कम्पनीको दाबी छ ।

यस कारको मूल्य २८ लाख ४९ हजार मात्र रहेकोमा अधिकतम २ लाखसम्म ठूलो छूट प्लस स्क्र्याच मार्फत १ लाख नगद छूट रहेको छ र नाडा शोमा कम्पनीको तर्फबाट पनि थप नगद छूट रहेको शाक्य बताउँछन् । उनले भने, नेपाली परिवारका लागि लुक्स, माइलेज, आरामदायी र अन्य विशेषताले स्वीफ्टको पछिल्लो संस्करण उपयुक्त भेइकल हो । यहीकारण अधिकांशको छनौटमा हो मोडल परेको छ ।

सेफ्टी स्ट्यान्डर्ड, डुअल एअरब्याग एबीएस, पावर विन्डोज, पावर एसी, म्युजिक स्ट्यान्डर्ड र राम्रो च्यासिस भएअनुसार सुजुकी स्विफ्ट कार छोटो समयमै आम नेपालीको रोजाईको कार बन्न सफल भएको शाक्य दाबी गर्छन् ।