काठमाण्डौ । नेपालका लागि सुजुकी ब्रान्डको चार पांग्रे सवारीसाधनको आधिकारिक वितरक तथा CG|Holdings अन्तर्गतको अटोमोटिभ डिभिजन CG|Motocorp तथा CG|NXTGEN ले नेपालमा दुई नयाँ एसयूभी ‘द ग्रान्ड भिटारा’ र ‘ब्रेजा’ एक कार्यक्रमबीच सार्वजनिक गरेको छ। 

कार्यक्रममा दुवै गाडीका मूल्य पनि सार्वजनिक गरिएको छ। ‘द ग्रान्ड भिटारा’, सुजुकीको बहुप्रतिष्ठित मोडेल हो र यो नयाँ संस्करणको ग्रान्ड भिटारामा सुजुकीको आफ्नै "Crafted Futurism Design Language" को प्रयोग गरिएको छ जसले अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको छ। सुजुकीको लेजेन्डरी All-Grip टेक्नोलोजीले यस एसयूभीको अफ–रोड क्षमता बढाउँछ। यसका साथै यो सेग्मेंटको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिन्छ। ग्रान्ड भिटारामा भारतीय बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने "Full Hybrid" प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ।  

पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक बिक्री हुने एसयूभी हो। ब्रेजामा अत्याधुनिक प्रविधिहरु र नेक्स्ट–जेनेरेसनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ। एक ठूलो फड्को मार्दै यो स्पोर्टी एसयूभीले स्टाइलिस र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरु प्रदान गर्दछ। नयाँ ब्रेजामा हाई–टेक सुविधाहरु छन् जुन सहर र बाहिर सडकहरुमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुन्छन्।

निकै प्रतिस्पर्धी एसयूभी सेग्मेन्टमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने बिश्वास कम्पनीले लिएको छ। CG|Holdings का कार्यकारी निर्देशक करण चौधरीले भने, ‘पछिलो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च छ। यसको एउटा प्रमुख कारण हाम्रो देशमा रहेको फरक फरक ड्राइभिङ conditions हुन जसको लागि एसयूभी उचित हुन्छ। साथै ग्राहकबर्गले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गर्दछन। सेगमेन्ट–फर्स्ट सुविधाहरु, प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटो मोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा, यो सेगमेंटमा GAME CHANGER हुनेछ।’  

Highlights of New Grand Vitara

क्राफ्टेड फ्युचरिज्म डिजाइन

भविष्यबाट प्रेरित, यो डिजाइन भाषा नयाँ नेपाली ग्राहकको राजाईसँग मेल गर्न विशेष रुपमा तयार गरिएको छ। यो डिजाइन तीन मुख्य आधारमा प्रतिबद्ध हुन्छ।

➢ NEXpressionकलात्मक रुपमा डिजाइन गरिएको 
➢ NEXtech नयाँ युगको प्रविधि जुन नयाँ पिडिका ग्राहकहरुको रोजाईमा पर्दछ।  
➢ NEXperienceExperience तपाइँ साँच्चै प्रिमियम सुजुकी गाडी चलाउँदै हुनुहुन्छ।  
  •  नयाँ–युगको NEXTech प्रविधि
Revolutionary Powertrains: ग्रान्ड भिटारा दुई फरक इन्जिनका विकल्पहरुमा उपलब्ध छन्।

१.५ लि. इन्टेलिजेन्ट इलेक्ट्रिक हाइब्रिड इन्जिन

  • दोहोरो पावर प्रणाली: विद्युतीय मोटर र पेट्रोल इन्जिन
  • आफै चार्ज हुने र energy regeneration प्रबिधि युक्त पावरफुल इलेक्ट्रिक हाइब्रिड इन्जिन
  • फरक बाटोको लागि फरक–फरक ड्राइभ मोडहरु: -EV, Eco, Power and Normal_
  • उत्कृष्ट पावर र पिकअप 
  • सेग्मेंटमै राम्रो माइलेज २७.९७ कि.मि./लिटर

प्रोग्रेस्सिभ स्मार्ट हाइब्रिड प्रणाली युक्त नेक्स्ट–जेन के–सिरिज, १.५ लि. डुअल जेट डुअल VVT इन्जिन

  • ब्रेक इनर्जी रि–जेनेरेसन र टर्क असिस्ट
  • आइडल स्टार्ट स्टप
  • २१.११ कि.मी./लिटरसम्म उत्कृष्ट माइलेज

Suzuki ALLGRIP उत्कृष्ट अफ–रोडिङ क्षमताः

  • रमाइलो र आनन्दको ड्राइभ
  • सुरक्षित
  • ALLGRIP SELECT – चालकले आफै छान्न सक्ने मोडहरु  Auto, Sport, Snow and Lock drive modes

नेक्स्ट–जेन पावरट्रेन को साथै द ग्रान्ड भिटारामा नेक्स्ट–जेन प्रबिधिहरु पनि छन्। जस्तै:

  • रंगीन हेड्स अप डिस्प्ले 
  • ३६० डिग्री क्यामेरा र पार्किङ सेन्सर
  • २२.८६ से.मी. (९”) स्मार्ट प्ले प्रो+इन्फोटेनमेन्ट सिस्टम 
  • क्यूआई–प्रमाणित वायरलेस चार्जर

ग्रान्ड भिटारामा भएको आकर्षक फिचरहरु ले ] NEXperience लाई पूर्ण परिभाषित गर्दछ :

  • प्यानारोमिक सनरुफ
  • पूर्ण डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टर
  • चालक र सहचालकलाई  भेन्टिलेटेड सीट

सुजुकी टेक्ट प्लेटफार्म (विश्वव्यापी सी–प्लेटफार्म) मा निर्मित ग्रान्ड भिटारा सुजुकी सुरक्षा शिल्डद्वारा सुरक्षित छ

  • ६ वटा एयरब्याग 
  • इलेक्ट्रोनीक स्टेबिलिटी कन्ट्रोल, हिलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल र चारवटै चक्कामा डिक्सब्रेक
  • टायर प्रेसर मोनिटरिङ सिस्टम
Highlights of New Brezza

आधुनिक र आरामदाई इन्टेरियर 

  • स्पोर्टी अनुभवको लागि ड्युल टोन कालो र ब्राउन इन्टेरियर (डाइनामिक हनीकोम्ब प्याटर्न चालकको आराम र सुविधालाई ध्यान दिई बनाएको इन्टेरियर, थप आकर्षक बनाउन इन्स्ट्रुमेन्टल प्यानलमा सिल्वर फिनिश 
  • गुणस्तर र प्रिमियम ड्यासबोर्ड डिजाइन
  • फरक ड्राइभिङ अनुभवको लागि इन्टेरियर एमबिएन्ट लाइट 
  • फराकिलो इन्स्ट्रुमेन्टल प्यानल र रंगिन मल्टी इन्फरमेसन डिस्प्ले 
  • फराकिलो पछाडीको सिट जसले लामो दुरीको यात्रालाई आराम्दाई बनाउछ

नयाँ–पुस्ताका ग्राहकहरुको लागि नेक्स्ट–जेन टेक्नोलोजी
  • रंगीन हेड्स अप डिस्प्ले 
  • ३६० डिग्री क्यामेरा र पार्किङ सेन्सर
  • २२.८६ सेमी (९”) स्मार्ट प्ले प्रो+इन्फोटेनमेन्ट सिस्टम 
  • क्यूआई–प्रमाणित वायरलेस चार्जर

तपाइँ र तपाइँका प्रियजनहरुको लागि चौतर्फी सुरक्षा
  • ६ वटा एयरब्याग 
  • सबै भेरियन्टमा इलेक्ट्रोनिक स्टेविलीटी कन्ट्रोल र हिलहोल्ड असिस्ट 
  • २०+ सुरक्षा सुविधाहरुः रिभर्स पार्किङ सेन्सर, हाई–स्पीड अलर्ट सिस्टम, ISOFIX चाइल्ड सिट रिस्ट्रेन्ट सिस्टम, आदि

नेक्स्ट–जेन पावरट्रेन र ट्रान्समिसन
  • प्रोग्रेसिभ स्मार्ट हाइब्रिड प्रणाली युक्त नेक्स्ट–जेन के– सिरिज, १.५ लि. डुअल जेट डुअल भीभीटी इन्जिन
  • २०.१५ कि.मी.÷लिटरसम्मको उत्कृष्ट माइलेज

"Special Introductory Price"  मा ब्रेजा र द ग्रान्ड भिटारा बुक गर्ने अन्तिम दिन २७ फागुन २०७९ 
लन्च अगाडि लागू गरिएको प्रि–बुकिङ अफरमा ब्रेजा र द ग्रान्ड भिटारा "Special Introductory Price" मा बुक गर्न पाईने सुबिधा थियो। यो सुविधामा बुक गर्ने अन्तिम दिन २७ फाल्गुन २०७९ सम्म रहनेछ।  सो शनिबारको दिन नेपाल अधिराज्यभरका शोरुममा खुला रहने जानकारी कम्पनीले दिएको छ।