काठमाण्डौ । जापानको कार कम्पनी सुजुकी जर्मनीको बीएमडब्लूलाई पछार्दै विश्वकै सबैभन्दा बढी प्रोफिटेबल कार कम्पनी बन्न सफल भएको छ । 

सुजुकीको प्रोफिट मार्जिन ११.८ प्रतिशतको उचाईमा पुगेको छ, जब कि बिएमडब्लूको प्रोफिट मार्जिन ११.४ प्रतिशतमा सीमित छ । 

रिपोर्टमा बताइएअनुसार सुजुकीलाई सबैभन्दा धेरै फाइदा भारतको मारुतीबाट भइरहेको छ । नेपालमा आउने सुजुकीका कार समेत भारतको मारुतीबाटै आयात हुन्छ । मारुतीको सहयोगबाट सुजुकीले आफ्नो वार्षिक नाफा समेत तीव्र गतिमा बढाइरहेको बताइन्छ । 

गएका केही वर्ष बिएमडब्लूका लागि चुनौतिपूर्ण रहे । सन् २०१६ मा मर्सिडिजले विश्वको सबैभन्दा लग्जरी कार बिक्री गर्ने कम्पनीको रेकर्ड बिएमडब्लूबाट खोसेको थियो । 

एक अध्ययनका अनुसार डिजेल स्क्याण्डल तथा अमेरिकाबाट सुरु भएको व्यापार युद्धका कारण बिएमडब्लूको मुनाफा कम हुँदै गएको छ । तर, वार्षिक आधारमा भने बिएमडब्लू अझै पनि विश्वकै टप कम्पनी हो, किनभने सुजुकीले मुनाफाको मामलामा गएको महिनामा मात्र बिएमडब्लूलाई उछिनेको हो ।

कति छ सुजुकीको नाफा ?
सुजुकीको संचालन नाफा बढेर ३७४ करोड यानको उचाईमा पुगेको छ । यो भनेको ५३ हजार करोड रुपैयाँ बराबर हो । सुजुकीको वार्षिक संचालन मुनाफा मई महिनामा ३.३ करोड डलर रह्यो । तथापि, सुजुकीको वार्षिक बिक्री ४.८ प्रतिशत र बिएमडब्लूको २.८ प्रतिशतले घटेको समाचारमा उल्लेख गरिएको छ ।

सुजुकी र बिएमडब्लू पछि विश्वका सबैभन्दा प्रोफिटेबल कार कम्पनीमा ड्यामलर र फाक्सवेगन अगाडि आएका छन् । दुवैको प्रोफिट मार्जिन ६.५ प्रतिशत रहेको छ । 

सुजुकीले भारतमा बिक्री बढाउनका लागि अलग्गै योजना बनाएको समाचारमा बताइएको छ । मारुतीले सन् २०२० देखि वार्षिक २० लाख कार तथा सन् २०३० देखि ५० लाख कार बनाउने योजना बनाएको छ । भारतमा कम्पनीमा ३ वटा  प्लान्ट छन्, तीमध्ये २ प्लान्ट हरियानामा छ भने एक प्लान्ट गुजरातमा छ । यसबाहेक, हालै भएको एक सम्झौतापछि सुजुकीले १ करोड डलरको लगानी टोयोटाको कर्नाटक प्लान्टमा गरेको छ ।