काठमाण्डौ । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक बिक्रेता सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘खुसीको साँचो’ नामको नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत सुजुकीका नयाँ ग्राहकले अधिकतम दुई लाख २५ हजारसम्म नगद छुट, दुई लाख रुपैयाँ एक्सचेञ्ज बोनस र एक वर्षको निशुल्क बिमाको सुविधा पाउनेछन् । 

यो अफर नेपालमा रहेका सुजुकीका सबै ३५ वटै डिलर उपलब्ध हुनेछ । 

सबैभन्दा बढी प्रडक्ट रेञ्ज रहेको सुजुकीले हाल नेपालमा अल्टो के१०, एसप्रेसो, सेलेरियो, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, एसक्रस, इर्टिगा, एक्सएल६, इको भ्यान, इको कार्गो र सुपर क्यारी बिक्री गर्दै आएको छ । 

सुजुकी ‘खुसीको साँचो’ अफर सीमित अवधिका लागि लागू गरिएको छ ।