काठमाण्डौ । तपाइँले थुप्रै पहाडहरु देख्नुभएको होला। कतिपय पहाडहरुका बारेमा सुन्नु पनि भएको होला। तर सुनको पहाड भेटियो भन्दा तपाइँले नपत्ताउनु होला। यस्तो पनि हुन्छ र भन्नुहोला। 

यो वास्तविकता हो । कंगोको किभु प्रदेशको लुहिही भन्ने गाउँमा एउटा सुनको पहाड भेटिएको छ। सुनको पहाड भेटिएको खबर फैलिना साथ स्थानीय मानिसहरु आआफ्नो औजार बोकेर उक्त पहाडमा उत्खनन गर्न थालेका छन्। 

स्थानीय एक भिडियो पत्रकारले समाजिक सञ्जालमा उक्त पहाडमा स्थानीयले उत्खनन गरी सुन निकालेको भिडियो सार्वजनिक गरेका छन्। भिडियामा सयौँका संख्यामा रहेका मानिसहरु पहाडमा उत्खनन गर्दै सुन धमाधम निकालिरहेको देखिन्छ। ती पत्रकारले ट्विटरमा लेखेका छन्, ‘यो भिडिया कंगोको ग्रामीण इलाकाका लागि एउटा ठूलो सरप्राइज हो। किनकि सुनले भरिएको एउटा ठूलो पहाड फेला परेको छ।’

भिडियोमा स्थानीयहरु धमाधम माटोबाट सुन निकालिरहेको, सफा गरिरहेको र घरतिर लगिरहेको प्रस्ट देख्न सकिन्छ। 

समाचार स्रोतहरुका अनुसार उक्त पहाडको माटोमा न्यूनतम ६० प्रतिशतदेखि ९० प्रतिशतसम्म सुन भेटिएको छ। 

कंगोमा बहुमूल्य धातु उत्खननसम्बन्धी कानुन निकै फितलो छ। त्यही भएर कंगोबाट बहुमूल्यहरु तस्करीका माध्यमबाट विश्वका थुप्रै देशमा पुग्छ। 

कंगो प्राकृति स्रोतसाधनले निकै समृद्ध छ। कंगो तेल, हीरा, खनिज र अन्य थुप्रै वनस्पतिहरुजस्ता बहुमूल्य धातु र वनस्पतिले धनी छ। 

सुनको पहाड भेटिएसँगै सरकारले हाल त्यहाँ उत्खननमा रोक लगाउन आदेश दिएका छन्। यद्यपि लुकिछिपी उत्खननको काम भइरहेको स्थानीयले बताएका छन्। – एजेन्सी