काठमाण्डौ । साताको पहिलो दिन आइतबार पनि सुनको भाउ उकालो लाग्ने क्रम जारी रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ। योसँगै आज प्रतितोला फाइन गोल्ड ९० हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार २०० रुपैयाँ कायम भएको छ।

गत साता अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ तोलामा ७०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेर १ हजार ३०० रुपैयाँ कायम भएको थियो।