काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधबार नेपाली बजारमा सुनको भाउ तोलामै १ हजार ३०० रुपैयाँले उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामै १ हजार ३०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ५०० रुपैयाँ पुगेको छ।
हिजो मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
गत आइतबार २०० रुपैयाँले उकालो लागेको सुनको भाउ सोमबार भने ३०० रुपैयाँले बढेको थियो।
लगातार ३ दिनदेखि स्थिर रहेको चाँदीको भाउ भने आज बुधबार १० रुपैयाँले बढेर १ हजार ३१० रुपैयाँ कायम भएको छ। यसअघि गत आइतबारदेखि मंगलबारसम्म चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
38 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago