काठमाण्डौ । साताको पहिलो दिन आइतबार सुनको भाउ थोरै बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा फाइन गोल्ड १०० रुपैयाँ तेजाबी गोल्ड ५० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९० हजार रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ५०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार तोलामै ९०० रुपैयाँ घटेर प्रतितोला फाइन गोल्ड ८९ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने स्थिर रहँदै १ हजार २९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामै २० रुपैयाँ घटेर चाँदी १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो।
33 minutes ago
39 minutes ago
56 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago