काठमाण्डौ । साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले उकालो लागेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९० हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ९०० रुपैयाँ कायम भएको छ।

हिजो आइतबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ ५ रुपैयाँले बढेर १ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो स्थित रहँदै चाँदी १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो।