काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउमा बढोत्तरी भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९१ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ३०० रुपैयाँ पुगेको छ। 

हिजो सोमबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर १ हजार ३३० रुपैयाँ पुगेको छ। हिजो हिजो चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।