काठमाण्डौ । साताको अन्तिम दिन शुक्रबार पनि सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोल फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ९०० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ८०० रुपैयाँ कारोबार भएको थियो।

चाँदीको भाउ भने आज पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३०५ रुपैयाँमा झरेको छ। हिजो पनि तोलामा १० रुपैयाँ घटेर चाँदी १ हजार ३१० रुपैयाँमा किनबेच भएको थियो।

यो साताभरि सुनको भाउ भने तोलामा ९०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ।