काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ८९ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ६५० रुपैयाँमा झरेको छ। 

हिजो बिहीबार पनि सुनको भाउ तोलामै ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार १७० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।