काठमाण्डौ । नेपाली बजार बिहीबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९१ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार रुपैयाँ कायम भएको छ। हिजो बुधबार तोलामा ४०० रुपैयाँ घटेर प्रतितोला फाइन गोल्ड ९१ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर १ हजार १९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।