काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। 

हिजो मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँ १ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ घटेर १ हजार १९० रुपैयाँमा किनबेच भएको थियो।