काठमाण्डौ । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ थोरै बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले उकालो लागेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार १०० रुपैयाँ कायम भएको छ।

हिजो पनि सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाका १ हजार २५५ रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ बढेर चाँदी १ हजार २५५ रुपैयाँमा किनबेच भएको थियो।