काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँ पुगेको छ। 

हिजो सोमबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३१५ रुपैयाँमा किनबेच भएको थियो।