काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ दिनप्रतिदिन उकालो लागिरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार सुनको भाउ एकैदिन तोलामा १ हजार ५०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९५ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार रुपैयाँ पुगेको छ। 

गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेर १ हजार ३०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार भाउ स्थिर रहँदै चाँदी १ हजार २८० रुपैयाँमा किनबेच भएको थियो।