काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९९ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार रुपैयाँ कायम भएको छ।

हिजो आइतबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९९ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।